• २०८१ बैशाख २३ आइतबार

बाग्मतीलाई कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइँदै छ- मुख्यमन्त्री जम्कट्टेल

kharibot

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् । 

बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए । 

उनले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिए । प्रदेश सरकारले बहुबर्षिय योजना बनाएर काठमाडौँ र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताए । 

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताए । युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उनले प्रदेश सरकारले उहाँहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राखे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै