• २०८१ बैशाख १६ आइतबार

ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला हुँदै  

kharibot

काठमाडौं । ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको आयोजनामा यही असोज १० गतेदेखि कात्तिक ३ गतेसम्म मेला सञ्चालन हुने आइतबार पत्रकार सम्मेलनगरि जानकारी दिइएको छ । 

ललितपुरस्थित जावलाखेल खेल मैदानमा हुने मेलामा नेपालमा उत्पादन हुने विभिन्न ११ कम्पनी र ब्राण्डहरुको सहभागिता रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । 

‘‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’’ भन्ने मुख्य नारासहित हुने मेला विहान ९ बजेदेखि ७ बजेसम्म खुल्ला रहनेछ । 

मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनमा जुत्ताहरु उपलब्ध हुने र नयाँ उत्पादनहरु पनि मेलामा लञ्ज गरिने संयाजक उपाध्यायले बताए । साथै मेला अवधिभर विशेष छुटको व्यवस्था गरिनेछ । 

न्युनतम २० प्रतिशतदेखि कतिपय उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय