• २०८१ बैशाख २३ आइतबार

रसिया विश्वकपका इङल्याण्डको टिम घोषणा, को को परे ? 

kharibot

फाइल तस्बीर

काठमाडौं । इङल्याण्डले रसिया विश्वकपका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

इङल्याण्डका म्यानेजर ग्यारेथ साउथगेटले २ सदस्यीय टिमको घोषणा गरेका हुन् ।  

बुधबार गरेको घोषणामा आर्सनलबाट खेल्ने ज्याक वेलशायर टिममा परेका छैनन् भने म्यान्चेस्टर सिटीका पुर्वगोलकिपर तथा यस सिजनमा वेस्ट ह्यामबाट खेलिरहेका र इङल्याण्डबाट ७३ खेल खेलेका जो हार्ट पनि इङल्याण्डको राष्ट्रिय टिममा परेका छैनन् । त्यस्तै एडम ललाना पनि टिममा परेका छैनन् । 

त्यस्तै टिममा लिभरपुलका १९ बर्षिय फुलब्याक ट्रेन्ट अलेक्जन्डर आर्नोल्ड टिममा परेका छन् ।

विश्वकपका लागि इङल्याण्डको राष्ट्रिय टिम यस्तो छ :

गोल किपर: निक पोप (बर्नली), ज्याक बाटल्याण्ड ( स्टोक सिटी) र जोर्डन पिकफोर्ड (इभर्टन)

डिफेन्डर : जोन स्टोन (म्यानचेस्टर सिटी), गरी काहिल (चेल्सी), फिल जोन्स (म्यानचेस्टर युनाइटेड), ह्यारी मगुइरे (लेस्टर सिटी), केल वाल्कर (टोटनह्याम), ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (लिभरपुल), एशले योंग (म्यानचेस्टर युनाइटेड), डानी रोज (टोटनह्याम), किएरन ट्रीपर (टोटनह्याम)

मिडफिल्डर : इरिक डाएर (टोटनह्याम), जोर्डन हेन्डरसन  (लिभरपुल), डेले अलि (टोटनह्याम), रुबेन लफ्टस चीक (चेल्सी), जेसे लिन्गार्ड (म्यानचेस्टर युनाइटेड), रहीम स्टरलीङ (म्यानचेस्टर सिटी), फाबियन डेल्फ (म्यानचेस्टर सिटी)

फरवार्ड : ह्यारी केन ( टोटनह्याम), जेमी भार्डी (लेस्टर सिटी), डानी वेलब्याक (आर्सनल) मार्कस राशफोर्ड ( म्यानचेस्टर युनाइटेड)   

इङल्याण्ड रसिया विश्वकपमा समुह ‘जि’ मा छ । समुह जि मा इङल्याण्डसँग बेल्जियम, पनामा र ट्युनिसिया रहेका छन् । इङल्याण्डले विश्वकपको पहिलो खेल १८ जुनमा ट्युनिसियाविरुद्ध खेल्ने छ । रसिया विश्वकप आगामी जुन १४ देखि सुरु हुदै छ भने जुलाई १५ मा सकिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै