• २०८१ बैशाख १६ आइतबार

ब्ल्याक सी मुख्यालयको आक्रमणमा कमाण्डरसहित ३४ रुसी अफिसर मारिएको युक्रेनको दाबी

kharibot

काठमाडौँ । युक्रेनले सेप्टेम्बर २२ मा क्रिमियामा रहेको रुसको ब्ल्याक सी नौसेना मुख्यालयमा गरेको आक्रमणमा रुसका ब्ल्याक सी फ्लीट कमाण्डर एडमिरल विक्टर सोकोलोभसहित ३४ जना अफिसर मारिएको दाबी गरेको छ । 

यद्यपि यस विषयमा रुसको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

युक्रेनको विशेष बलले रुसको नौसेना मुख्यालयमा युक्रेनी मिसाइल आक्रमणमा परी करिब १०५ जना घाइते भएको समेत दाबि गरेको छ । 

आक्रमणपछि रुसको रक्षा मन्त्रालयले आफ्ना एक अधिकारी बेपत्ता भएको बताएको थियो भने युक्रेनले सो म्ख्यालयमा ५ मिसाइल खसालेको दाबी गरेको थियो ।

अल जजीराका अनुसार युक्रेनको सेनाले ब्ल्याक सी मा रहेको रुसी नौसेनाको मुख्यालयमा वायुसेनाले कुल १२ वटा आक्रमण गरेको जनाएको छ । जसमा मुख्यालयसहित अफिसर, हतियारको भण्डार र अन्य सैन्य उपकरणलाई निशाना बनाइएको थियो । आक्रमणमा २ वटा एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली र ४ वटा रुसी आर्टिलरी टुक्रामा पनि प्रहार भएको थियो ।

युक्रेन आक्रमणपछि शुक्रबार यसको भिडियो पनि सार्वजनिक भएको थियो । जसमा रुसी नौसेनाको ब्ल्याक सी फ्लीट हेडक्वार्टरमा मिसाइल खसेको देखियो । यसपछि भवनमा आगो लागेको थियो । बीबीसीका अनुसार यो हमला स्टर्म स्याडो मिसाइलबाट भएको हो । बेलायत र फ्रान्सले युक्रेनलाई यो मिसाइल आपूर्ति गरिरहेका छन् ।

यदि युक्रेनको दाबी साँचो भएमा २०१४ मा रसियाले क्रिमियालाई गाभेपछि यस क्षेत्रमा युक्रेनले गरेको सबैभन्दा ठूलो आक्रमण हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै