• २०८१ बैशाख १७ सोमबार

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी

kharibot

काठमाडौँ । नेपालकै अग्रणी व्यावसायीक संस्था सूर्य नेपाल प्रा.लि.को उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीले नेपाली चलचित्र उद्योगको प्रख्यात अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।

नेपालमै सर्वाधिक रुचाईएको मंगलदीप पूजा अगरबत्ती ग्राहकहरुको आवश्यकताहरुलाई आत्मसाथ गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरुमा उपलब्ध छन् । यी उत्कृष्ट उत्पादनहरुलाई सशक्त रुपमा ग्राहकहरुमाझ पुर्याउन तथा आफ्नो उत्पादनहरुको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले बताएको छ । नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनयको जादु देखाएकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायको साथ मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ । 

अभिनेत्री सिवाकोटीले आफुपनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्ड सँग सहकार्य गर्न पाउँदा औधी खुशी लागेको बताइन् ।

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायतका उत्पादनहरु बजारमा उपलब्ध छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै