• २०८१ जेठ १ मंगलबार

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा उनी केही दिन अघि कतार गएका थिए ।

कतारको दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ आज बिहान स्वदेश फर्किएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सो भ्रमण दलमा रहेका केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सँगै स्वदेश फर्किएका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै