• २०८१ जेठ १ मंगलबार

कोशी सरकार निमार्ण पछि राजेन्द्र लिङदेनको भनाइ- ‘हामी बिपक्षमा'

kharibot

काठमाडौं । कोशी सरकार निमार्ण प्रक्रियाका बारेमा क्रिया प्रतिक्रिया आईरहेको छन् ।

कार्की नियुक्त हुने बितिक्कै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले सत्तारूढ गठबन्धन कायमै राख्ने र थप मजबुत बनाउने सम्झौता गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा र कोइराला बिच भएको लिखित सहमति अनुसार गठबन्धन नटुटने बरु थप बलियो बनाउने सम्झौता भएको हाे । यसले राजनीतिमा थप रोचक मोड लिएको छ । यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा प्रतिपक्षमा बस्ने जनाएका छन ।

नेकपा एमालेका समर्थनमा कांग्रेसका बिद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष लिङ्देनले राप्रपा बिपक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो ।

अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,’ उनले भनेका छन, ‘अब यसरीनै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं, हामी विपक्षमा ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै