• २०८१ बैशाख २७ बिहीबार

एक महिनामा नै ४५० ले बढ्यो ग्याँस सिलिन्डरको मुल्य

kharibot

काठमाडौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । 

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाई छ । 

चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।  

१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।  

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै