• २०८१ बैशाख १६ आइतबार

काठमाडौँको गौशालामा गोली चल्यो, एक जना घाइते

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । काठमाडौंको गौशालास्थित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि सोमबार आक्रमण गरिएको छ ।

उनीमाथि बाराका नवल सहनीले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्‍याइएको छ भने घटनास्थलबाट पेस्तोल र चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

हुसेनको खुट्टामा चोट लागेको र उनीमाथि गोली प्रहार गरिएको प्रहरीले आशंका गरको छ  ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै