• २०८१ बैशाख २० बिहीबार

टी-२० क्रिकेटमा वेस्टइण्डिज महिला टिमको नयाँ किर्तिमान

kharibot

काठमाडौँ । वेस्टइन्डिज महिला क्रिकेट टिमले टी-२० क्रिकेटमा नयाँ किर्तिमान बनाएको छ । सोमबार अस्ट्रेलियाविरुद्ध वेस्टइन्डिजको महिला क्रिकेट टिमले २१२ रनको लक्ष्य चेज गरेर महिला क्रिकेटमा अहिलेसम्मकै ठुलो लक्ष्य चेज गर्ने नयाँ किर्तिमान बनाएको हो ।

हाल अस्ट्रेलिया टूरमा रहेको वेस्टइन्डिजको महिला क्रिकेट टिमले अस्ट्रेलियाले दिएको २१३ रनको लक्ष्य १९.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस क्रममा वेस्टइन्डिजकी कप्तान हेले म्याथ्युजले ६४ बलमा १३२ रन बनाएकी थिइन् । यस खेलमा उनले ३ विकेट समेत लिएकी थिइन् । त्यसैगरी वेस्टइन्डिजकी स्टाफानी टेलरले ५९ रन बनाएकी थिइन् ।

यसअघि महिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।

यसअघि यो २०१८ मा इङल्याण्डको महिला क्रिकेट टिमले भारतविरुद्ध १९९ रनको लक्ष्य पुरा गरेको किर्तिमान थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै