• २०८१ बैशाख १७ सोमबार

विश्व रेकर्ड बनाउदा खुशी छु- दीपेन्द्र सिंह ऐरी

kharibot

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीले विश्व रेकर्ड बनाउदा खुशी लागेको बताएका छन् ।

एशियन गेम्स खेलेर काठमाडौँ फर्किएपछि प्रतिक्रिया दिदै दीपेन्द्रले विश्व रेकर्ड बनाउन पाउदा खुशी लागेको बताए । दीपेन्द्रले मंगोलियाविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर दुर्लभ किर्तिमान बनाएका छन् ।

दिपेन्द्रले भने- ' जतिबेला ६ छक्का भयो त्यति बेला विश्व रेकर्ड बन्न सक्छ भन्ने लागेको थियो । त्यसपछि रेकर्ड भयो । सबै जनाले बधाई दिए खुशी लागेको छ ।'

मंगोलिया विरुद्ध कुशल मल्लले ३४ बलमा शतक बनाउदै टी-२० क्रिकेटमा कम बलमा शतक बनाउने किर्तिमान समेत बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै