• २०८१ बैशाख १७ सोमबार

इजरायलमा बेपत्ता एक जना सम्पर्कमा, दाङका प्रविणको अस्पतालमा उपचार हुदै

kharibot

काठमाडौं । हमास समुहको इजरायलमा आक्रमणपछि सम्पर्कविहीन बनेका १२ नेपालीमध्ये दाङको दंगीशरण गाउँपालिका–३ का २३ वर्षीय प्रविण डाँगी सम्पर्कमा आएका छन्  । उनी सोरोका मेडिकल सेन्टरमा उपचार गराइरहेको अवस्थामा भेटिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले जानकारी दिएको छ ।

यसैबीच प्रविणले दाङस्थित आफ्नो परिवारमा समेत सम्पर्क गरेका छन् । अस्पतालकी नर्सको मोबाइलबाट घरमा सम्पर्क गरेको परिवारले बताएको छ । प्रविणको खुट्टामा गोली लागेको र उनको अप्रेशनको तयारी भएको समेत उनले परिवारलाई जानकारी दिएका छन् ।    

अन्य ११ जनाको अवस्थाको बारेमा भने अझै स्पष्ट भएको छैन । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

किवुज अलुमिम स्थानमा अध्ययनरत १७ नेपालीमध्ये दुईजना सकुशल रहेका, स्थानीय अस्पतालमा तीन घाइतेको उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय