• २०८१ बैशाख १६ आइतबार

स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति डा. केसीले जनाए आपत्ति

kharibot

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मन्त्री बस्नेतले मंगलबार चिकित्सा शिक्षा ऐन संशोधनका विषयमा दिएको अभिव्यक्ति र क्रियाकलाप निन्दनीय तथा गैरकानुनी रहेको सेसीको भनाइ छ।

स्वास्थ्यमन्त्रीको हैसियतले हालका समस्याहरू सम्वोधन गर्नुपर्ने उनको भनाइ  थियो। 'मापदण्ड नपुगेका र नियम कानुन मिच्ने निजी शिक्षालयहरूलाई कारबाही गर्ने कदम चाल्नुको साटो उल्टै उनीहरूको वकालती गर्दै हिँड्नु निन्दनीय र गैरकानुनी काम हो,' केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्।

डाक्टर र नर्सिङ पढ्न नेपालमा नपाइ विदेशीनुपर्‍यो भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए।

'नेपाल मेडीकल काउन्सिलको तथ्यांकअनुसार चिकित्सा शिक्षा ऐन लागु भएयता मेडिकल शिक्षाको लागि विदेश जाने विद्यार्थीको संख्या गुणात्मक रूपमा कम भएको छ भने मेडिकल कलेजमा सशुल्क पढ्नेहरूका लागि तोकिएका सिटहरू खाली गइरहेका छन्,' विज्ञप्तिमा भनिएको छ । 

सरकारले यस्ता भ्रामक कुराहरू बन्द गरेर आफ्ना माग पुरा गर्नतर्फ लाग्नु पर्ने केसीले बताए। त्यसो नभए कुनै पनि बेला सत्याग्रहसहित सशक्त आन्दोदनमा उत्रिने डा. केसीको चेतावनी छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै