• २०८१ बैशाख १७ सोमबार

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना

kharibot

भैरहवा । रुपन्देही प्रहरीले चाड पर्व दशैँ, तिहारलाई लक्षित गर्दै १ हजार २९ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ ।

प्रहरी कार्यालयले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिश्वकर्माको नेतृत्वमा वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ ।

चाडपर्वका बेला अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगी, सवारी दुर्घटना र ओभरलोड, हैरानी र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण र न्यूनिकरणका लागि रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिश्वकर्माको नेतृत्वमा कमाण्ड पोस्ट स्थापना गरि विभिन्न टोली मार्फत प्रहरी परिचालन गरिएको हो ।

चाडपर्वको समयमा विभिन्न अपराधिक क्रियाकलाप, चोरी, लुटपाट, चन्दा संकलन, झै–झगडा लगायतका घटनाहरू हुने गरेको छ भने मुख्य तथा सहायक राजमार्ग र भित्री सडक खण्डहरूमा सवारी दुर्घटना घट्ने गरेको पाइन्छ ।

प्रदेशको मुकाम राजधानी समेत यस जिल्लामा रहेको कारण प्रदेश संसद भवन विभिन्न महत्वपूर्ण प्रतिष्ठान, एयरपोर्ट, प्रदेश मन्त्री निवास, कारागार, बाल सुधार गृहको सुरक्षा व्यवस्था मिलाउनुका साथै अति विशिष्ट, विशिष्ट व्यक्तिहरूको निवास, कार्यक्रम स्थल, आवागमन मार्गको सुरक्षा, विभिन्न क्लव समूहले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू संचालन गर्ने पर्वको अवसरमा बाहिरका मानिसहरू समेत आआफ्नो घर फर्कने,  सीमा क्षेत्रमा हुने हरानी, ठगिने लुटपाट हुने, बढी मात्रामा चोरी तस्करी हुने पटका आतसबाजी लगायतका बिष्फोटक पदार्थहरु, देउसी भैलो खेल्न दुई समुहहरु बिच भै–झगडा हुने, अवैध हातहतियार, लागु औषध ओसार पसार आदि हुन सक्ने भएकोले सोही कुराहरूलाई मध्येनजर गरी त्यस्ता कृयाकलापलाई नियन्त्रण तथा न्युनीकरण गरी समग्र जिल्लाको शान्ती सुरक्षालाई मजबुद बनाई राख्न दशैँ, तिहार तथा छठ पर्वको सुरक्षार्थको लागि विभिन्न सुरक्षा रणनीति अपनाई जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मिलाईएको एसपी विश्वकर्माले जानकारी दिए ।

नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनकालागि छठ पर्व सम्म ४३ वटा पिकेट, २४ सै घण्टा १८ वटा टोली द्वारा पैदल गस्ती, बैंक तथा वित्तिय संस्था, सुन चाँदीको कारोबार तथा आर्थिक कारोबार हुन स्थानको सुरक्षाका लागि ५० वटा मोटरसाइकल गस्ती, क्युुआरटी परिचालन र चेकिङका लागि १७ वटा गाडी मोबाईल, पूर्व पश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमागको सुरक्षा र विशेष चेकिङको लागि १० क्रस प्याट्रोलिङ, ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए ।

नियमित ट्राफिक सहितको संयुक्त मादक पदार्थ सेवनसमेतको चेकिङ १९ स्थानमा, सिमा नाकाहरुमा चोरी तस्करी नियन्त्रणका लागि बोर्डर युनिटहरु सबै इलाका प्रहरी कार्यालयका मातहत सबै युनिटहरुले गर्ने गरि २४ स्थानमा परिचालन गरिएकोे छ भने  कर्डन एण्ड सर्च ÷ एम्बुस १७ स्थानमा,  जिल्ला प्रशासन कार्यालयसँग समन्यवन गरी बुटवल र भैरहवामा बजार २ वटा बजार अनुगमन टोली परिचालन गरिएको छ ।

यस्तै तत्काल परिचालित हुने आकस्मिक सभा, जुलुस, धर्ना, बन्द, चक्का जाम र कोण सभामा परिचालन हुने जि.प्र.का. रुपन्देही र ई.प्र.का. बुटवलमा ५८ जनाको टोली परिचालित भएपनि  आवश्यकता अनुसार थप पिकेट, चेकिङ, मोवाईल लगायतका अन्य डिउटीहरु परिचालन गरिने एसपी विश्वकर्माले भने ।

शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनकै लागि भएका प्रहरी जनशक्तीको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस भन्नका लागि सदिंग्द ठाउमा सादा पोशाकका प्रहरीहरु पनि तैनाथ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

एक हप्तादेखि यो टोली परिचालन भएको छ जस्मा एक एसपी, २  डिएसपी, १९ इन्स्पेक्टर, १७३ जुनियर प्रहरी अधिकृत र ८ सय १७ अन्य प्रहरी गरी १ हजार २९ प्रहरी जिल्लामा परिचालन गरिएको छ ।

नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनकालागि प्रहरीले क्विक रेसपोन्स गर्ने गरी प्रहरीको कन्टोल सेवामा पनि जनशक्ति थप गरेको छ । त्यस्तै जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै