काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले साउदी प्रो लिग क्लब अल नासरको यू-१३ टिमबाट खेल्ने भएका छन् ।
मिडिया रिपोर्टका अनुसार रोनाल्डो जुनियरले अल नासरसँग सम्झौता गरेका छन् भने अब उनले अल नासरमा आफ्नो प्रशिक्षण शुरु गर्ने छन् ।
अल नासरको यू-१३ टिममा रोनाल्डो जुनियरले ७ नम्बरको जर्सी लगाउने भएका छन् ।
क्रिस्टियानो रोनाल्डोले केहि बर्षअघि आफ्ना छोराको बारेमा कुरा गर्दै उनको छोराले आफुलाई केहि बर्ष अझै खेलिरहनु म पनि सँगै खेल्छु भनेको बताएका थिए ।
२०१० को जुन १७ मा जन्मिएका रोनाल्डो जुनियरले यसअघि आफ्ना पिता खेलेकै क्लबहरुको जुनियर टिमबाट खेलिसकेका छन् ।









