• २०८१ बैशाख १५ शनिबार

उग्रता र निराशा विकास र समृद्धिको बाधक : प्रवक्ता शर्मा

kharibot

दार्चुला । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको समृद्धिको बाधक कम्युनिष्ट उग्रता र काँग्रेसको निराशा भएको बताएका छन् । 

नेका दार्चुलाद्वारा आज यहाँ आयोजित ‘समसामयिक राजनीतिक अवस्था’ विषयक अन्तक्र्रियामा उनले भने, ‘वर्तमान अवस्थामा सत्तापक्षको उग्रता र प्रतिपक्षको निराशा विकास र समृद्धिका लागि बाधक भएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको उनको टिप्पणी थियो । 

दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताए । ‘दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ । दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउँछ’ – प्रवक्ता शर्माले भने । 

दुई पार्टीबीचको एकताले काँग्रेसलाई पनि रुपान्तरणको अवसर ल्याइदिएको उनको टिप्पणी थियो । प्रतिस्पर्धी पार्टी बलियो भएकाले काँग्रेसलाई संकट आइपर्ने हो कि जस्तो एकातिर देखिए पनि यसले बलियो पार्टीसँग टक्कर गर्न आफूहरुलाई पनि बलियो बनाउनै पर्ने उनको भनाइ थियो । 

काँग्रेस रुपान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले रुपान्तरणका लागि सबै कार्यकर्ताले जुट्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै