• २०८१ बैशाख २४ सोमबार

झापा र बर्दियाबाट बलात्कार आराेपमा दुईजना पक्राउ

kharibot

काठमाडाैं । झापा र बर्दियाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उता १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  बर्दिया गुलरिया नगरपालिका-१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले  ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै