• २०८१ बैशाख १६ आइतबार

पृथ्वी जयन्तीको बिदा दिदा विरोध भएन, जनयुद्ध दिवसको बिदामा टिका टिप्पणी भयो- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने निर्णयबाट पछि नहट्ने संकेत गरेका छन् ।

बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफुले पृथ्वी जयन्तीमा पुस २७ गते बिदा दिने आँट गर्दा कसैले विरोध नगरेको तर जनयुद्ध दिवसको बिदा दिदा टिका टिप्पणी भइरहेको बताएका हुन् ।

उनले भने- ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । मैले आँट गरेँ । यो आँट गरेकामा सबैले ठीकै माने, कसैले विरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीका टिप्पणी हुने गरेको छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन १ गते हिंसा सुरु भएको दिन भएको भन्दै सो दिन बिदा दिन नसकिने भन्दै विरोध गर्दै आएको छ । एमाले बाहेक कांग्रेसको एक पक्षले पनि जनयुद्ध दिवसको नाममा बिदा दिएको प्रति असन्तुष्ट व्यक्त गर्दै आएको छ ।

उनले चेतावनी शैलीमा जनयुद्धलाई दबाउन सम्भव नहुने बताउदै कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय