• २०८१ बैशाख १५ शनिबार

हङकङले जित्यो चारदेशीय महिला टी-२० सिरिज

kharibot

काठमाडौँ । हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो । 

तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि तान्जानियाले पहिला ब्याटिंग गर्दै १८.४ ओभरमा अल आउट हुदै ८४ रन बनाएको थियो । 

यस सिरिजमा नेपाल भने आजै भएको तेस्रो स्थानको खेलमा जापानलाई पराजित गर्दै तेस्रो भएको थियो । यस सिरिजमा जापान भने कुनै पनि खेल जित्न असफल भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै