• २०८१ बैशाख १५ शनिबार

यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सुपर सिक्स चरणका खेलहरु सकिएपछि  दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् ।

यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो । १६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ । नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ ।

अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ ।

त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै