• २०८१ बैशाख १५ शनिबार

यू-१९ क्रिकेट विश्वकप: नेपाल भारतसँग १३२ रनले पराजित

kharibot

काठमाडौँ । नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा नभारतले नेपाललाई १३२ रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको २९८ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै १६५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान देव खनालले ३३ रन बनाएका थिए भने दुर्गेश गुप्ताले अविजित २९ रन बनाएका थिए । त्यस्तै अर्जुन कुमालले २६, दीपक बोहोराले २२ र आकाश चन्दले अविजित १८ रन बनाएका थिए ।

त्यस्तै भारतका बलर सौम्य पाण्डेले ४ विकेट लिएका थिए भने अर्शिन कुल्कर्नीले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।

योसँगै भारत यू-१९ विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतको ४ खेलमा ८ अंक भएको छ । त्यसैगरी योसँगै नेपालको विश्वकप यात्रा भने समाप्त भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै