• २०८१ श्रावण १२ शनिबार

आइसीसी विश्वकपको टिम अफ द टुर्नामेन्टमा को को परे ?

kharibot

काठमाडौँ । आइसीसीले क्रिकेट विश्वकपको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । आइतबार सम्पन्न विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । ६ पटक च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।

आइसीसीको टिम अफ द टुर्नामेन्टको कप्तानमा भारतका कप्तान रोहित शर्मालाई बनाइएको छ । यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २-२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।

आइसीसीको टिम अफ द टुर्नामेन्ट: रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहमद शामी, क्वेंटन डिकक, गेराल्ड कोएत्जी,  एडम जाम्पा, ग्लेन म्याक्सवेल, डार्यल मिचेल र दिलशान मधुशंका ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै