• २०८१ बैशाख १६ आइतबार

चौधरी ग्रुपको इशारामा डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका पक्राऊ

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व नेता तथा पूर्वमन्त्री डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका रेग्भीलाई चौधरी ग्रुपको इशारामा एकरात प्रहरी थुनामा राखिएको छ । 

छिमेकी अरुण चौधरी र शिला चौधरीले रातभरी रातभरी डिस्टर्व गरी एक्साभेटर र डोजर चलाएको भन्दै विरोध गरेपछि रेग्मीलाई उल्टै चौधरी ग्रुपको इशारामा पक्राउ गरी एकरात थुनामा राखेर छाडिएको छ । उनलाई आइतबार राती १० बजे पक्राउ गरी सोमबार दिउंसो २ बजे दरबारमार्ग प्रहरी वृतले छाडेको रेग्मीको तर्फबाट अदालतमा बहस गर्दैआएका अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

रेग्मीले रातभरी रातभरी चिच्याएर सुत्न नदिएको भन्दै चौधरी ग्रुपले उजुरी दर्ता गराएपछि उनलाई पक्राउ गरी सोह्रघण्टासम्म वृत्तका डिएसपी गोविन्द थापाले थुनामा राख्ने आदेश दिएका थिए । रेग्मीलाई गैर कानुनी थुनामा राखको भन्दै अधिवक्ता लुईंटेलले विरोध गरेपछि उनलाई छाडिएको थियो । 

गैर कानुनी रुपमा पक्राउ गरी मानसिक यातना दिए उपर कानुनी कारबाही गरिने पनि लुईंटेलले बताए । गत भदौ ११ गते काठमाण्डौं जिल्ला अदालतले चौधरी गु्रपलाई छिमेकी रेग्मीलाई असर गर्नेगरी कुनैपनि निर्माण कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । तर अदालतको आदेशलाई समेत अटेर गरी चौधरीले आफूलाई दुख दिएको भन्दै रेग्मीले विरोध गर्दै आएकी छिन् । आफूलाई गम्भीर रुपमा असर गरी घर नै हल्लाइदिने, सुत्न समेत नदिने गरी स्काभेटर र डोजर चलाइरहेको चौधरी गु्रपको विरुद्धमा रेग्मीले अदालतको अवहेलना मुद्दा समेत दायर गरिसकेकी छिन् । 

एक्लै बस्दै आएकी रेग्मीलाई २०७८ साल पुस ५ गते पनि आफ्नै पिताले खडा गरेको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको इशारामा पक्राउ गरी एक रात राखिएको थियो ।  उनलाई त्यसेला पनि केही घण्टा थुनामा राखेर छोडेको थियो ।  रेग्मी पुस्तकालय समेत विरुद्ध आफ्नो अधिकारका लागि अदालतमा गएकी छिन् ।  

स्वर्गीय नेता रेग्मीले पुस्तकालयलाई छोरी अवन्तिका रेग्मीको शेषपछि पाउने गरी पुस्तकालयको नाममा काठमाडौं जिल्ला लाजिम्पाट वडा नं. २ कि नं. १३६ को जग्गा दिए पनि आफ्नो जीवनकालमै कित्ताकाट गरी पुस्तकालयको नाममा हक हस्तान्तरण गरी लगेको कार्य उपर उनले अदालतमा मुद्दा दायर गरिसकेकी छिन् ।  

रेग्मीको रिटमा सर्वोच्च अदालतबाट २०७८ भाद्र ३१ मा अन्तरिम आदेश जारी भइसकेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै