• २०८१ बैशाख १६ आइतबार

जिम्बाबेलाई पछि पार्दै युगाण्डा टी- २० विश्वकपमा छनौट

kharibot

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौट भएको छ । युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो ।

योसँगै युगाण्डा पहिलो पटक टी- २० विश्वकपमा छनौट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनौट भएसँगै टेस्ट खेल्ने देश जिम्बाबे टी- २० विश्वकपमा छनौट हुन असफल भएको छ । जिम्बाबे यसअघि ६ पटक टी- २० विहस्व्क्पा खेलेको थियो । 

साथै यस अघि २००७ मा टी- २० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनौट हान असफल भएको छ ।  ७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिइ सकेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै