• २०८१ बैशाख १७ सोमबार

अभियन्ता ईः ललितपुर महानगर अगाडी १०८ मिनेट उभिने

kharibot

काठमाडौँ । यस अघि काठमाडौँ महानगरपालिकाले फुटपाथमा पसल राख नदिएको भन्दै १९९ घण्टा राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ईः ले अब ललितपुर महानगरको निर्णयविरुद्ध पनि विरोध गर्ने भएका छन् ।

ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयको विरुद्ध अभियन्ता ई: ले पुनर्विचार गर्न आग्रह गर्दै सो निर्णय नसच्याएमा ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने घोषणा गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत ई: ले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न अनुरोध गरेका छन् । 

साथै उनले भनेका छन्- 'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ । सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।'

अभियान्ता ई: ले 'कर लेऊ, गरी खान देऊ' भन्दै 'विस्थापन होइन, व्यवस्थापन गर' भन्ने सुझाव दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै