• २०८१ बैशाख १५ शनिबार

धनुषामा ६ वर्षीया बालिकाको हत्या

kharibot

महेन्द्रनगर (धनुषा) । धनुषामा  एक बालिकाको हत्या एको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या गरिएको हो । 

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवाले जानकारी दिए । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए । 

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरेको प्रवक्ता अवालेले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै