• २०८१ बैशाख १६ आइतबार

यू-१९ एशिया कपको फाइनलमा आज युएई र बंगलादेश भिड्दै

kharibot

काठमाडौँ । जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा आज आयोजक युएई र बंगलादेशबीच भिडन्त हुदै छ । यो खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदै छ । 

शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने अर्को सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले परजित गरेको थियो । 

सेमिफाइनलमा यस प्रतियोगिताको उपाधिका दाबेदार भारत र पाकिस्तानलाई युएई र बंगलादेशले सरप्राइज दिदै बाहिरको बाटो देखाएका थिए ।

८ देशले भाग लिएको यू-१९ एशिया कपमा समुह ए मा पाकिस्तान र भारतका अलावा नेपाल र अफगानिस्तान रहेका थिए । अफगानिस्तानले आफ्ना ३ खेलमा एक जित हासिल गरेर समुहमा तेस्रो हुदै बाहिरिएको थियो भने नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

त्यस्तै समुह बि मा बंगलादेश र युएईका अलावा श्रीलंका र जापान रहेका थिए । श्रीलंकाले ३ मध्ये एक खेलमा मात्र जित हासिल गरेर तेस्रो हुदै बाहिरिएको थियो भने जापानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै