• २०८१ बैशाख २१ शुक्रबार

स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

kharibot

महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो । 

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाविन्दु देखिएको छ । उनले भने–“मोतियाविन्दु देखिएकालाई निःशुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।”

शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र स्वाशप्रश्वास सम्बन्धि ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । 

उपचारमा डा गणेश फुलारा, डा अनिल खड्का, डा पुजन चापागाइँलगायतको टोली खटिएको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । “जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुराउनका लागि शिविर सञ्चालन गरिएको हो”,उनले भने“आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै