• २०८१ बैशाख २२ शनिबार

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधित क्षेत्र घोषणा

kharibot

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर निषेधित क्षेत्र घोषणा गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटारसम्मलाई निषेधित क्षेत्र तोकेको जानकारी दिएका हुन् ।

त्योसंगै संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको आदेशमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै