• २०८१ बैशाख २७ बिहीबार

आलोचनापछि निषेधित क्षेत्रका सडकपेटीमा लगाइएको डोरी हटाइयो

kharibot

काठमाडौं । संसद् भवन, सिंहदरबार, बालुवाटारलगायत क्षेत्रका सडकपेटीमा लगाएको डोरी हटाइएको छ ।

लघुवित्तपीडितहरु सोमबार संसद् भवन प्रवेश गरी नाराबाजी गरेको घटनापछि प्रहरीले संसद् भवन नयाँ बानेश्वरसहित सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय अगाडिको सडकपेटीलाई निषेधित क्षेत्रभन्दै डोरी लगाएको थियो ।

मिडिया र सामाजिक सञ्जालमा सो प्रतिबन्धको कडा आलोचनापछि प्रहरीले डोरी हटाइएको हो । सडकपेटीमा डोरी लगाइएपछि सर्वसाधारण पैदलयात्री सडकबाटै हिँड्न बाध्य भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै