• २०८१ बैशाख १७ सोमबार

कपन साहित्य समाजद्वारा घिमिरे र उप्रेती सम्मानित

kharibot

काठमाडौँ। कपन साहित्य समाज (कसास)ले दुई स्रष्टालाई सम्मान गरेको छ । सम्मानित हुनेमा गोविन्द घिमिरे वेदमणि र लक्ष्मी उप्रेती रहेका छन् । उनिहरूलाई कसास यात्री स्मृति सम्मान (विसं २०७९ र ८०) प्रदान गरिएको हो । 

घिमिरेका महाकाव्यसहित थुप्रै कृति प्रकाशित छन् भने ‘वनीता’ साहित्यिक त्रैमासिकका सम्पादकका उप्रेतीको कथा, कविता, निबन्ध र बालसाहित्यमा योगदान छ । 

दुवैजनालाई दोसल्ला ओढाएर जनही रु १० हजार तथा  सम्मानपत्रबाट सम्मानित गरिएको कसासका सदस्य होमशङ्कर बाँस्तोलाले जानकारी दिए । 

सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले घिमिरे र उप्रेतीलाई सम्मान गर्दै नगरपालिकाले वाङ्मयका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय, साहित्यकार तथा मानवशास्त्री पूर्णप्रकाश यात्रीका सुपुत्र शैलेन्दुप्रकाश नेपाल, कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले कपन क्षेत्रमा साहित्यिक जागरण ल्याउनुपर्नेमा जोड दिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै