• २०८१ बैशाख १६ आइतबार

माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त

kharibot

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुन: अर्को कार्यकालका लागि नियुक्त भएका छन्।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

साढे २ दशक भन्दा लामो अनुभव संगालेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै