• २०८१ बैशाख १७ सोमबार

गुल्मीमा हराइरहेका एक व्यक्तिको एक महिनापछि शव फेला

kharibot

गुल्मी । गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार जिल्लाको सदरमुकाम तम्घास नजिकैको अर्जुन डाँडाको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

चुँदारा सम्पर्कविहीन भएपछि घरपरिवारले उनको खोजी गरिदिन प्रहरीलाई आग्रह गरेका थिए। चुँदाराले सम्पर्कविहीन हुनुभन्दा पहिले परिवारलाई फोन गरेर आफूलाई नखोज्न भनेका थिए ।

उनको शव जंगलमा भेटिएसँगै प्रहरी घटनास्थलमा पुगेको छ। शवलाई मुचुल्का गरेर पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै