• २०८१ बैशाख १७ सोमबार

अरबाज खानले गरे दोस्रो विवाह

kharibot

मुम्बई । बलिउड अभिनेता अरबाज खानले दोस्रो विवाह गरेका छन् । निर्माता निर्देशक अरबाज खानले मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका हुन ।  अरबाजले आइतबार उनकी बहिनी अर्पिताको घरमा विवाह गरेका हुन् ।

यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए । यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी थिइन् । अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन । 

सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन् ।

अरबाजले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका हुन ।

अरबाज अहिलेसम्म मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका थिए । तर, ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही समयअघि उनीहरुको ब्रेकअप भएको थियो । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन्।

अरबाजले यसअघि सन् १९९८ मा मोडल–अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । अरबाज र मलाइकाको २१ वर्षको छोरा अरहान खान छन् । हाल मलाइका फिल्म निर्माता बोनी कपूरका छोरा तथा अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै