• २०८१ बैशाख १६ आइतबार

जनकपुरधामबाट भार पठाउने तयारी

kharibot

महेन्द्रनगर (धनुषा)। भारतको अयोध्यमा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

सो भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्‍याइने छ । भारमा विभिन्न प्रकारका  कपडा, आभूषण र भाडाबर्तनका साथै मिठाई तथा पकवान रहने उनले जानकारी गराए । महन्थ वैष्णवका अनुसार जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलङ्गवाबाट सिम्रौनगढ, गढीमाई हुँदै वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना रहेको छ ।

भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ गरेर वीरगञ्जको जानकी नगरद्वार हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर हुँदै गोरखपुर र अयोध्यामा पुगेर विश्राम गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो । छ तारिकका दिन विधिवत् राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

उक्त भार यात्राका लागि एक हजार एक सय सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको र यसको  नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले गर्नुहुने छ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै