• २०८१ बैशाख १७ सोमबार

जनकपुरबाट कोसेली लिएर अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली

kharibot

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा विहिबार मधेश प्रदेशका मुख्यमन्त्री यादवसहितको टोली बाजागाजासहित जनकपुरको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि प्रस्थान गरेको हो ।

गरगहना, चाँदीका भाडाकुडा, फलफूल, लत्ताकपडा, मिठाई, फलफूल, मिथिलाका पकवानसहित ११ सयभन्दा बढी कोसेली पठाइएको छ ।

जनवरी २२ मा भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुनेछ । जसका लागि २५१ जनालाई अयोध्याबाट निम्तो आएको छ ।

भारसहितको टोलीले जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर तर्फ प्रस्थान गर्नेछ । त्यहाँबाट हुलाकी सडक हुँदै सम्सी कन्मा, मलङ्गवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगञ्जमा रात्री बास बस्ने कार्यक्रम रहेको रामरोशन दासले बताए ।

उनका अनुसार भारसहितको टोली वीरगञ्जबाट भारतको रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने कार्यक्रम रहेको छ । जनवरी ६ को बिहान ९ बजे भारलाई राम जन्म भूमी ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै