• २०८१ बैशाख १६ आइतबार

पुरानो बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका मजदुरको उद्धार

kharibot

काठमाडौं । काठमाडौंको बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका एक मजदुरको उद्धार गरिएको छ।

मंगलबार राति ११:४३ बजे काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो ।

पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने २५ वर्षीय योगेन्द्र लिम्बुको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सेतो पुल जाने बाटोको बीच सडकमा ढल निर्माण भइरहेको बेलामा अचानक माटोको ढिस्को झरेर उनी पुरिएका थिए ।

प्रहरीलाई खबर गरिएपछि गौशालाबाट खटिएको टोलिले उनको उद्धार गरेको थियो। उनको पुरानो बानेश्वरस्थित फ्रान्टलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै