• २०८१ बैशाख १७ सोमबार

आर्मीलाई हराउदै पर्सा- ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

kharibot

काठमाडौँ । पर्सा- ११ वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पिसिपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पर्सा- ११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पर्सा- ११ ले दिएको १०० रनको लक्ष्य पछाएको नेपाल आर्मी १६.२ ओभरमा अलआउट हुदै केवल ६८ रन मात्र बनाएको थियो । नेपाल आर्मीका लागि कुशल मल्लले १९ र बसिर अहमदले १० बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै पर्सा- ११ का लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने अनिल शाह, पवन सराफ र संसद मन्सुरीले २-२ तथा रंजित कुमारले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पर्सा- ११ ले १९.४ ओभरमा अल आउट हुदै ९९ रन बनाएको थियो । पर्साका लागिसंसद मन्सुरीले १७, अनिल शाह ररुपेश सिंहले १५-१५, पवन सराफले ११ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिएका थिए भने कुशल मल्लले ३, शहाब आलमले २ तथा विवेक यादवले एक विकेट लिएका थिए ।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आजै नेपाल पुलिस क्लब र वण्डर्स क्लब नोयडाबीच हुदै छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै