• २०८१ बैशाख १७ सोमबार

पर्सालाई हराउदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

kharibot

काठमाडौँ । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो ।

नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो ।

पर्साका लागि अनिल शाहले सर्बाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पर्साको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशी र रशिद खानले २-२ विकेट लिएका थिए । त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउदै १४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए ।

यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन् । शुक्रबार काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई बलात्कारको आरोपमा दोषी ठहर गरेपछि आज उनलाई टिम बाहिर राखिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै