• २०८१ बैशाख १७ सोमबार

पठानको रेकर्ड तोड्दै एनिमल बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म

kharibot

काठमाडौँ । सन् २०२३ भारतीय सिनेमा मनोरञ्जनको संसारमा निकै विशेष रह्यो । बलिउडदेखि साउथ इन्डियन सम्मका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । कतिपय चलचित्रले कमाईको हिसाबले रेकर्ड समेत बनाएका छन् । 

२०२३ को सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, एनिमल र सालारजस्ता धेरै फिल्मले धुम मच्चाउन सफल भए । शाहरुख खानका लागि भने त विगतको बर्ष निकै नै विशेष रह्यो । उनले तीनवटा फिल्म ल्याए, जसमध्ये दुई ब्लकबस्टर र एउटा हिट भयो। शाहरुख खानका फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न पुगे ।

तर २०२३ को अन्त्य, रणवीर कपूरको फिल्म एनिमलले शाहरुख खानको एक फिल्मको रेकर्ड तोड्यो र गत वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न् पुगेको छ । सैनलिंकका अनुसार शाहरुख खानको फिल्म पठानले भारतीय बक्स अफिसमा कुल ५४३.०५ करोड भारुको व्यापार गरेको थियो । जसलाई ३१औं दिन रणवीर कपुरको एनिमलले तोडेको छ ।

फिल्म एनिमलले ३१औं दिन बक्स अफिसमा ४ करोड कमाएको छ । यसपछि एनिमलको भारतमा कुल बक्स अफिस कलेक्सन ५४४.९३ करोड पुगेको छ । फिल्म एनिमलले बक्स अफिसमा दर्शकको निकै माया पाइरहेको छ । एनिमल डिसेम्बर १ मा रिलिज भएको थियो ।

त्यस्तै बलिवुडमा अहिलेसम्मको अल टाइम धेरै कमाई गर्ने फिल्म शाहरुख खानको जवान हो । जसले ६४३.८७ करोड कमाई गरेको थियो ।

यस फिल्ममा रणवीर कपूर, बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए। फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । फिल्ममा बबी देओल र रणवीर कपुरको भूमिकाले निकै चर्चा कमाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै