• २०८१ बैशाख १६ आइतबार

पोखरेलको निधनप्रति राष्ट्रिय मानवअधिकार आयोगद्वारा शोक व्यक्त

kharibot

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आयोगका पूर्वसदस्य गोकुल पोखरेलको सोमबार असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पोखरेलप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

आयोगले स्व पोखरेलको सम्मान र सम्झनामा आयोगमा पोखरेलको तस्बिरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलि सभा आयोजना गर्ने जनाएको छ ।

स्व पोखरेलले २०६२ जेठ १३ देखि २०६३ असार २५ गतेसम्म आयोगका सदस्यका रुपमा काम गर्नुभएको थियो । उहाँको यही पुस १६ गते काठमाडौँमा निधन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै