• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्रीको निर्देशनपछि गाउँपालिकाले रद्द गर्यो सार्बजनिक बिदा

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि रामेछापको सुनापति गाउँपालिकाले विहिबारको सार्बजनिक बिदा रद्द गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफू सहभागी कुनै पनि कार्यक्रमलाई लक्षित गरेर सार्वजनिक बिदा नदिन निर्देशन दिएपछि गाउँपालिकाले बिदा रद्द गरेको हो ।

यस अघि गाउँपालिकाले प्रधनमन्त्री प्रचण्डले विहिबार गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने अवसरमा स्थानीय सार्बजनिक बिदा दिने घोषणा गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले विहिबार रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न कार्यक्रम रहेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै