• २०८१ बैशाख २३ आइतबार

मन्त्री किराँतीविरुद्ध प्रहरीमा जाहेरी, तीन बर्ष कैदको माग

kharibot

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी निवेदन परेको छ ।

मन्त्री किराँतीले धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै बिहीबार ध्रुवराज लुईटेलले हुलाकमार्फत जाहेरी दिएका हुन् । 

मन्त्री किराँतीले पुस ४ गते क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको थियो ।

मन्त्री किराँतीले जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा आघात पुर्‍याएर क्रिश्चियन धर्मको प्रचार गरेको जाहेरीमा उल्लेख गरिएको छ । निवेदनमा मन्त्री किराँतीले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनेर अन्य धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन माग गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै