• २०८१ बैशाख २३ आइतबार

तीन जहाज खरिद प्रक्रियाको अन्तिममा छौं- मन्त्री किराँती

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दुर्गम क्षेत्रहरुमा उडान गर्न तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन् । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारको मंगलबार वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरे । दुर्गम क्षेत्रहरुमा उडान गर्न सरकार तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको उनले बताए । 

उनले भने,‘हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । नेपाल वायु सेवा निगमको क्षेत्रमा आएको एक महिनामा हामीले इ–टिकेटिङ लागू ग¥यौ । भर्खरै मात्र तीन वटा जहाज खरिदको अन्तिम चरणको प्रक्रियामा अगाडि बढिरहेको छौं ।’ 

१२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्वीन अटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै निगमसँग ६ वटा जहाज हुने पनि उनले बताए । उनले भने, ‘१२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्वीन अटर जहाजलाई पुनः मर्मत गर्दैछौं । त्यसलाई चाँडै सञ्चालनमा ल्याउने छौं । हामीसँग त्यसपछि ६ वटा ट्वीन अटर जहाजहरु हुनेछ ।’ 

हवाई उडान हुन नसकेका २२ वटा विमानस्थलहरु सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको जिकिर उनले गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै