• २०८१ बैशाख १६ आइतबार

साउद र जयशंकरले गरे त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रुपमा उद्घाटन गरेका  छन् ।

शुक्रबार भारतीय सहयोगमा नव निर्मित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवनको जयशंकर र साउदले उद्घाटन गरेका हुन् ।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थी अट्न सक्ने क्षमता छ ।

त्यसअधि उनले बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए ।  त्यस क्रममा विदेशमन्त्री जयशंकरले पशुपति परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका थिए ।

विहिबार काठमाडौँ आएका विदेशमन्त्री जयशंकरले उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिएका थिए । 

उनी आजै स्वदेश फर्किने कार्यतालिका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै