• २०८१ बैशाख १५ शनिबार

रूसले युक्रेन आक्रमणमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकी दावी

kharibot

प्रतिनिधि तस्बीर

वासिङ्टन । युक्रेनमा हालै भएको रुसी आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर उत्तर कोरियाले उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रूसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका लागि क्षेप्यास्त्र लञ्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइट हाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कर्बीले भने, “हाम्रो जानकारीले के देखाउँछ भने प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले हालै रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र लन्चर र केही ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको छ ।” “यो रुसका लागि उत्तर कोरियाको समर्थनको एक महत्वपूर्ण हिस्सा हो र यसले विश्व समुदायको चिन्तालाई बढाएको छ ।”  “यस घटनाक्रमले अमेरिकी काङ्ग्रेस (संसद्)ले युक्रेनका लागि महत्वपूर्ण सैन्य सहायताको प्याकेज पारित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । अमेरिकी समर्थनबिना युद्धमा युक्रेनीको आशा चाँडै उडाड हुनेछ,” कर्बीले भने । 

हालैका दिनहरूमा रूसले हवाई आक्रमण गरेको युक्रेनका लागि हवाई प्रतिरक्षा ‘पूर्णतया’ अमेरिकी प्राथमिकतामा रहेको उनले बताए ।  कर्बीले भने, “काङ्ग्रेसले यस अवस्थालाई बुझ्नु र युक्रेनीहरूलाई उनीहरूको रक्षाको लागि आवश्यक चीजहरू प्रदान गरेर प्रतिक्रिया दिनु महत्वपूर्ण छ ।”

रूसी सेनाले डिसेम्बर ३० मा उत्तर कोरियाले आपूर्ति गरेको क्षेप्यास्त्रमध्ये कम्तीमा एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो, जुन जापोरिजिया क्षेत्रको खुला मैदानमा खसेको थियो । त्यसपछि मस्कोको सेनाले जनवरी २ मा युक्रेनमा ‘दर्जनौँ’ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

साङजी विश्वविद्यालयका सैन्य अध्ययनका प्राध्यापक चोइ गि इलले एएफपीसँग कुरा गर्दै मस्को–प्योङयाङ हतियार स्थानान्तरण रूसले युद्धमा सियोलको आफ्नै भूमिकाप्रति ‘आक्रोश व्यक्त गर्ने’ तरिका हुन सक्ने बताए ।  उनले भने, “दक्षिण कोरिया युक्रेनको लागि प्रमुख हतियार निर्यातकर्ता हो । दक्षिण कोरियाले नेटो राष्ट्रहरूसँग हतियार सम्झौता मार्फत अप्रत्यक्ष रूपमा युक्रेनलाई सहयोग गरिरहेको छ ताकि कीएभलाई उनीहरूको हतियार आपूर्तिको लागि सहयोग पुग्न सकोस् ।”

सोलले युक्रेनको प्रमुख सहयोगी पोल्याण्डमा ट्याङ्क र होवित्जर पठाउन अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । “रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण दुई कोरियाबीच हतियारको होडबाजी सुरु भएको हो,” चोइले भने ।  “संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको उल्लङ्घनको कुरालाई युद्धमा उत्तर कोरियाली हतियार प्रयोगसम्बन्धी नयाँ हतियार स्थानान्तरणको मुद्दा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा उठाइनेछ,” कर्बीले भने ।  रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेकोमा बेलायतले कडा शब्दमा निन्दा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै