• २०८१ बैशाख १७ सोमबार

एमाले र माओवादीका जनप्रतिनिधि नदी उत्खननविरुद्ध उभिए

kharibot

महोत्तरी। बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यापालिका सदस्यहरुले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको बिषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो ।

नदी उत्त्खननमा ठेक्केदारको पक्षपोषण हुनेगरी नगरप्रमुख स्वयं लागिपरेको बताउदै बर्दिवास–६ का वडा अध्यक्ष पदम आलेमगरले जनताको भावना र विपदको अवस्थालाई मध्यनजर गर्दै उत्त्खनन रोक्नुपर्ने तर्क राखे ।

अनुगमनको क्रममा उत्त्खननस्थल पुग्दा निक्कै बेथिति रहेको र त्यसलाई रोक्न आफुले पटकपटक प्रयास गरेको अध्यक्ष मगरको भनाई छ ।

रातु नदी उत्त्खननकै विरुद्ध एमालेवाट निर्वाचित वडा न.४ का वडा अध्यक्ष काहरमान स्याङ्वा, बर्दिवास–८ का वडा अध्यक्ष शम्शेर सिंह, बर्दिवास–१३ का रामकिसोर साह, बर्दिवास–३ का वडा अध्यक्ष बिराट बिष्ट पनि उभिएका छन ।

उत्त्खनन लगायत अन्य विषयहरुमा असन्तुष्टि जनाउदै एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरुले त नगरसभा नै बहिष्कार गरेका छन् । 

अहिले नगरमा विशेषगरि नदी उत्त्खननको बिषय निक्कै विवादित बनेको छ । अघिल्लोपटक भएको क्षतिको आंकलन नै नगरी आईई रिपोर्ट बनाएर खोला उत्त्खनन गरेको, अहिले भइरहेको उत्त्खनन मापदण्डविपरीत हुँदा समेत नगरप्रमुख ठेकेदारकै पक्षमा उभिएको जस्ता आरोपहरु लागिरहेका छन् ।

नियम र मापदण्डविपरीत नै भएको जिल्लास्तरिय अनुगमन टोलीले समेत निष्कर्ष निकालेपछि अहिले भएको उत्त्खनन रोकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै