• २०८१ बैशाख १७ सोमबार

नक्कली नोटसहित एकजना पक्राउ

kharibot

रौतहट। देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई  प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै