• २०८१ बैशाख १६ आइतबार

कानून समितिले विदेशमन्त्री जयशंकरको भ्रमणलाई लिएर प्रधानमन्त्रीलाई बोलायो

kharibot

काठमाडौँ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए ।

समिति सदस्यहरुको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिएकी छन् ।

उनले भनिन्,‘दुई दिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानून न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननिय प्रधानमन्त्रीज्यु र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै