• २०८१ बैशाख १८ मंगलबार

राप्रपाका विष्ट कोशीको सभामुख बन्दै

kharibot

विराटनगर । पाँच महिनादेखि सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार आज ३ बजे सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय भएको हो । 

कोशीमा राप्रपाका सांसद अम्बरबहादुर विष्टलाई सभामुख बनाउन सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सहमत भएका छन् । कांग्रेस र एमालेको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले राप्रपाका विष्टलाई सभामुखमा समर्थन गर्ने निर्णय गरेका छन् ।  त्यस्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा पनि राप्रपालाई सभामुख दिन तयार देखिएका छन् ।  

सबै दलले समर्थन गर्ने भएपछि बिष्ट निर्बिरोध सभामुख बन्ने भएका छन् । 

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै